काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को मौका (ग्रेडवृद्धि) परीक्षाको नतिजा आज सार्वजनिक गरेको छ।
बोर्डका अनुसार परीक्षामा ७१ हजार ३१० परीक्षार्थी सहभागी भएका थिए। तीमध्ये ५७ हजार ८९७ जनाले सबै विषयमा ग्रेड प्राप्त गरेका छन्, जुन कुल सहभागीको ८१.१९ प्रतिशत हो।
बोर्डले तीन जना परीक्षार्थीको नतिजा भने रद्द गरिएको जनाएको छ। साथै, नतिजामा प्राविधिक कारणले कुनै त्रुटि देखिएमा परीक्षा नियन्त्रण कार्यालयको मूल अभिलेखका आधारमा सच्याइने उल्लेख गरिएको छ।
विद्यार्थीहरूले बोर्डको वेबसाइट, एसएमएस तथा आइभीआर (IVR) सेवामार्फत आफ्नो नतिजा हेर्न सक्नेछन्।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को मौका परीक्षा साउन २ र ३ गते सञ्चालन गरेको थियो।