जनकपुरधाम । महोत्तरीको बर्दिबास नगरपालिका–५ स्थित गढन्ता खोलाको बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ।
इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक गुरुप्रसाद तिमिल्सिनाका अनुसार मृत्यु हुनेमा बर्दिबास–५ निवासी ६२ वर्षीय टङ्कबहादुर बस्नेत रहेका छन्।
प्रहरीका अनुसार बस्नेतले खोला किनारको खेतमा पानी तान्न राखिएको विद्युतीय मोटर बाढीले बगाउन थालेपछि त्यसलाई निकाल्न खोलातर्फ जाने प्रयास गरेका थिए। सोही क्रममा बुधबार साँझ आएको एक्कासिको बाढीले उgलाई बगाएको थियो।
घटनापछि प्रहरीले स्थानीयवासीसँग मिलेर खोजी अभियान सञ्चालन गरेको थियो। खोजीका क्रममा घटनास्थलबाट करिब तीन किलोमिटर दक्षिणतर्फ खोलामा घोप्टो परेको अवस्थामा बस्नेतको शव फेला परेको प्रहरी नायब उपरीक्षक तिमिल्सिनाले जानकारी दिए।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।