काठमाडौँ। प्रहरीले पर्साको बिन्दवासिनी गाउँपालिका–५ बाट २०७ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ।
नियमित गस्तीमा खटिएको प्रहरी टोलीले मंगलबार साँझ मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१३ का ४८ वर्षीय कृष्ण लामालाई पक्राउ गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।
प्रदेश ३–०१–०२४ च ५३८५ नम्बरको पिकअप जाँच गर्ने क्रममा बोरामा लुकाएर ल्याइएको २०७ किलो गाँजा फेला परेको प्रहरीले जनाएको छ।
गाँजा बरामद भएपछि प्रहरीले पिकअप चालक लामालाई नियन्त्रणमा लिएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।