शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

खोलाले बगाउँदा म्याग्दीमा एक जना बेपत्ता

मंगलबार, साउन १९ २०८३

गण्डकी  । म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५ वर्षीय भीमबहादुर घर्ती बेपत्ता भएका छन्।

रघुगङ्गा गाउँपालिका–८ चौरखानीबाट खरिद गरेर ल्याएको भैँसीसहित खोला तर्ने क्रममा घर्तीलाई खोलाले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।

घर्तीलाई खोलाले बगाएको सूचना स्थानीयवासीले दिएपछि सोमबार साँझदेखि नै खोजी सुरु गरिएको थियो। तर, उनको अवस्था पत्ता लाग्न सकेको छैन।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर तिमिल्सिनाका अनुसार आज बिहानैदेखि पुनः खोजी कार्य सुरु गरिएको छ। प्रहरी तथा स्थानीयवासीको टोलीले खोलालगायत आसपासका क्षेत्रमा खोजी गरिरहेको जनाइएको छ।