शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठक भोलि, महाधिवेशनको तयारीबारे छलफल हुने

मंगलबार, साउन १९ २०८३

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा भोलि अपराह्न १२ः३० बजे बैठक बस्ने राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, आसन्न महाधिवेशनको तयारी तथा पार्टीका सबै तहका अधिवेशनलगायत विभिन्न विषयमा छलफल हुने प्रवक्ता श्रेष्ठले बताए ।

राप्रपाले आगामी मंसिर २६ देखि २८ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने तयारी गरिरहेको छ। महाधिवेशनलाई लक्षित गर्दै पार्टीले तल्लो तहदेखि अधिवेशनका प्रक्रिया अघि बढाइरहेको जनाएको छ।