शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

अदालतले थुना म्याद थप्न अस्वीकार गरेपछि दुर्गा प्रसाईं रिहा

मंगलबार, साउन १९ २०८३

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् । सार्वजनिक शान्तिविरुद्धको कसुरमा पक्राउ परेका प्रसाईंलाई अदालतले अनुसन्धानका लागि थुना म्याद थप गर्न अस्वीकार गरेपछि रिहा गरिएको हो ।

प्रसाईंलाई प्रहरीले आइतबार राति भक्तपुरस्थित निवासबाट पक्राउ गरेको थियो । त्यसपछि अनुसन्धानका लागि सात दिनको थुना म्याद माग गर्दै सोमबार अदालतमा पेस गरिएको थियो ।

तर, अदालतले प्रहरीको मागअनुसार थुना म्याद थप गर्न अस्वीकार गरेपछि प्रसाईंलाई रिहा गरिएको हो ।