शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

पाँच वटा संसदीय समितिको बैठक बस्दै

मंगलबार, साउन १९ २०८३

काठमाडाै‌ । आज सङ्घीय संसद्अन्तर्गत पाँच वटा संसदीय समितिको बैठक बस्दैछ।

सङ्घीय संसद् सचिवालयका अनुसार अर्थ, अन्तरराष्ट्रिय सम्बन्ध तथा पर्यटन, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित, राज्य व्यवस्था तथा सुशासन तथा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो।

बिहान १० बजे बस्ने अर्थ समितिको बैठकमा ‘नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयक’ माथि दफावार छलफल जारी रहनेछ। सोही समयमा बस्ने अन्तरराष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा ‘पर्यटन विधेयक, २०८१’ सम्बन्धमा सम्बन्धित मन्त्रालयसँग सैद्धान्तिक छलफल गर्ने कार्यसूची छ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा खाना पकाउने एलपी ग्यासको आपूर्ति व्यवस्थापनसम्बन्धी विषयमा छलफल हुनेछ।

यसैगरी, बिहान ११ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविक व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ माथि सैद्धान्तिक तथा दफावार छलफल हुनेछ। बैठकमा कार्यविधि मस्यौदा तर्जुमा उपसमितिको प्रतिवेदनमाथि समेत छलफल हुने कार्यसूची छ।

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा भने समितिका पूर्वसभापति रामनारायण विडारीसँग सरकारी आश्वासनसम्बन्धी विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ।