काठमाडौं । सङ्घीय संसद्को प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे बस्दैछ।
बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘आदिवासी जनजाति आयोगको छैटौँ वार्षिक प्रतिवेदन, आव २०८१/८२’ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ।
यस्तै, नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रस्तुत गरेकाे जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल हुने कार्यसूची छ।
आङ्देम्बेले वास्तविक भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोबासीको पहिचान गरी उनीहरूको संरक्षण र पुनःस्थापनाका लागि सरकारले आवश्यक व्यवस्था गर्नुपर्ने विषयमा प्रस्ताव प्रस्तुत गर्नेछन्।
प्रस्तावमा सुरक्षित आवास, आधारभूत सेवा, खाद्य, स्वास्थ्य, शिक्षा र जीविकोपार्जनको निरन्तरता सुनिश्चित गर्दै उचित क्षतिपूर्ति र स्थायी पुनःस्थापनाको प्रत्याभूति दिलाउनुपर्ने तथा वास्तविक भूमिहीन र सुकुमवासीलाई यथाशीघ्र लालपुर्जा वितरण गर्नुपर्ने माग गरिएको छ।
उक्त प्रस्तावका समर्थकमा सांसदहरू ऐनबहादुर महर, युवराज दुलाल र आरेन राई रहेका छन्।