आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

नारायणगढ–मुग्लिन सडक दुवैतर्फी सञ्चालनमा

सोमबार, साउन १८ २०८३

चितवन  । नारायणगढ–मुग्लिन सडकखण्डमा खसेको पहिरो पन्छाएपछि सडक दुवैतर्फी सञ्चालनमा आएको छ ।

आज बिहान सडकखण्डका विभिन्न स्थानमा लेदोसहित पहिरो खस्दा केही समय यातायात एकतर्फी प्रभावित भएको थियो ।

डिभिजन सडक कार्यालय, चितवनका इन्जिनियर अर्जुन घिमिरेका अनुसार तुइनखोला, नाम्सी खोला, सिमलताल, १५ किलो र १७ किलो क्षेत्रमा लेदोसहितको पहिरो खसेको थियो । तुइनखोला, नाम्सी खोला र सिमलतालमा सडक एकतर्फी अवरुद्ध भएको थियो भने अन्य स्थानमा लेदो सडकको छेउमा थुप्रिएको थियो ।

पहिरो तथा लेदो पन्छाएपछि बिहान १० बजेपछि सडक पूर्ण रूपमा सञ्चालनमा आएको घिमिरेले जानकारी दिनुभयो ।

तुइनखोलामा खसेको पहिरो सो क्षेत्रमा निर्माणको काम गरिरहेको कम्पनीले आफैँ पन्छाइरहेको छ । अन्य स्थानमा मुग्लिन र सेतीदोभानमा रहेका उपकरण प्रयोग गरी पहिरो हटाइएको जनाइएको छ ।

हाल सडकखण्डमा सिमसिम पानी परिरहेको र जुनसुकै बेला पहिरो खस्न सक्ने जोखिम रहेकाले सावधानीपूर्वक यात्रा गर्न सवारी चालक तथा यात्रुलाई आग्रह गरिएको छ।