आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

पिकअपको ठक्करबाट ७० वर्षीय वृद्धको मृत्यु

सोमबार, साउन १८ २०८३

 झापा। झापाको कन्काई नगरपालिका–४ कोटीहोममा पिकअपको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार आज बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत कोटीहोम क्षेत्रमा दमकबाट बिर्तामोडतर्फ आउँदै गरेको मे १ च ५१०४ नम्बरको पिकअपले सडक पार गर्दै गरेका स्थानीय अन्दाजी ७० वर्षीय प्रल्हाद शिवाकोटीलाई ठक्कर दिएको थियो ।

पिकअपको ठक्करबाट गम्भीर घाइते भएका शिवाकोटीको उपचारका लागि बिर्तामोडतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि प्रहरीले पिकअप र चालकलाई नियन्त्रणमा लिएर घटनाबारे आवश्यक अनुसन्धान अघि बढाएको छ ।