चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत नाम्सी नयाँ पुलमा आज बिहान ढुङ्गासहित पहिरो खस्दा यातायात सेवा प्रभावित भएको छ । पहिरोका कारण सडक एकतर्फी सञ्चालनमा आएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार पहिरो पन्छाउने काम तत्कालै सुरु गरिएको छ । थप ढुङ्गा तथा पहिरो नखसेमा सडक सफा गर्न केही समय लाग्ने उनले जानकारी दिए ।
नारायणगढ–मुग्लिन सडकखण्ड पहिरोको उच्च जोखिममा रहेकाले यात्रा गर्दा विशेष सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ।