काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई अपराध अनुसन्धान कार्यालय टेकु र जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले हिजाे राति अघि पक्राउ गरेको हो ।
प्रसाईंले आजै दिउँसो पत्रकार सम्मेलन आयोजना गरी हिन्दु राज्य र राजसंस्था पुनर्स्थापनाको मागसहित आन्दोलन घोषणा गरेका थिए । पत्रकार सम्मेलनमार्फत उनले आन्दोलनका विभिन्न कार्यक्रम सार्वजनिक गरेका थिए ।
प्रसाईंले यसअघि पनि विभिन्न सार्वजनिक कार्यक्रममा भड्काउ अभिव्यक्ति दिँदै आएका थिए । पछिल्लो समय उनका अभिव्यक्ति र गतिविधिलाई लिएर सुरक्षा निकायले निगरानी बढाएको थियो ।
पत्रकार सम्मेलनमार्फत आन्दोलन घोषणा गरेलगत्तै प्रहरीले उनलाई पक्राउ गरेको हो । उनलाई पक्राउ गर्नुको कारण तथा उनीविरुद्ध लगाइने कानुनी अभियोगबारे प्रहरीले थप विवरण सार्वजनिक गर्न बाँकी छ।