आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

‘ब्रड पिक’ हिमपहिरो नेपालको पर्वतारोहण इतिहासको दुःखद अन्त्य : महासचिव पोखरेल

आइतबार, साउन १७ २०८३

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पाकिस्तानको ‘ब्रड पिक’मा हिमपहिरोमा परी पर्वतारोहीहरूको निधन भएकामा दुःख व्यक्त गरेको छ।

एमालेका महासचिव शङ्कर पोखरेलले आज शोक वक्तव्य जारी गर्दै दुर्घटनामा ज्यान गुमाएका आरोहीहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। उनले पार्टीका तर्फबाट दिवङ्गत आरोहीका शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गरे।

पर्वतारोहणको इतिहासमा कीर्तिमान कायम गर्दै विश्वका आठ हजार मिटरभन्दा अग्ला सबै १४ हिमाल ६ महिना ६ दिनमा आरोहण गरी नेपाल र नेपालीको नाम विश्वभर चिनाउन सफल पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’सहित उहाँका सहयात्रीहरूको निधनले पार्टी मर्माहत भएको महासचिव पोखरेलले वक्तव्यमार्फत जनाए।

हिमपहिरोमा परी निर्मल पुर्जा ‘निम्स दाइ’सहित पुरबहादुर गुरुङ ‘युक्ता’, किली पेम्बा शेर्पा ‘किलु’, निमा शेर्पा, नवाङ थिन्डु शेर्पा र ग्यालु शेर्पाको निधन भएको एमालेले जनाएको छ।

महासचिव पोखरेलले ‘ब्रड पिक’को हिमपहिरोमा भएको क्षतिलाई नेपालको पर्वतारोहण इतिहासको दुःखद अन्त्यका रूपमा स्मरण गर्दै दिवङ्गत आरोहीहरूको योगदान र साहस सधैँ स्मरणीय रहने बताए ।