शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

सरकार र लघुवित्त पीडितबीच अर्थ मन्त्रालयमा दोस्रो दिनको वार्ता सुरु

शुक्रबार, साउन १५ २०८३

काठमाडौं । सरकार र लघुवित्त पीडितबीच समस्या समाधानका लागि भएको वार्ताको दोस्रो दिन अर्थ मन्त्रालयमा छलफल सुरु भएको छ ।

आन्दोलनरत पक्षका मागहरू सम्बोधन गर्ने र दीर्घकालीन समाधान खोज्ने उद्देश्यले दुवै पक्षबीचको संवादलाई निरन्तरता दिइएको हो ।

लघुवित्त पीडितसँग संवादका लागि सरकारले अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ ।

सोही टोली र आन्दोलनरत पक्षबीच औपचारिक वार्ता भइरहेको हो ।