बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नेप्सेमा पुन गिरावट, १६ अंकले घट्दा तीन अर्ब ३८ करोडको शेयर किनबेच

बिहिबार, साउन १४ २०८३

नेप्से पुन घटेको छ । अघिल्लो दिन सात दशमलव ७९ अंकले घटेको नेप्से साताको चौंथो कारोबार दिन आज बिहिबार १६ दशमलव २९ अंकले घटेर २६ सय ७२ दशमलव ५८ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ३१ अंकले घटेर चार सय ६७ दशमलव ६९ अंकमा पुगेको छ । नेप्सेमा आज तीन सय ३७ वटा कम्पनीहरुको ४४ हजार छ सय ५१ पटकको कारोबारमा ७५ लाख ४८ हजार पाँच सय ९१ कित्ता शेयर किनबेच भएका छन् भने कारोबार रकम तीन अर्ब ३८ करोड १३ लाख १८ हजार दुई सय ४८ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा सबै समुहहरुको सुचक घटेर नेप्से पुरै रातो भएको छ । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक पाँच दशमलव शुन्य चार अंकले घटेर १४ सय ८० दशमलव ४४ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि ४४ दशमलव ९२ अंकले घटेर तीन हजार छ सय ९० दशमलव १६ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि ५१ दशमलव ५८ अंकले घटेर १२ हजार १८ दशमलव ४० अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि २० दशमलव ५६ अंकले घटेर १० हजार सात सय ६५ दशमलव ४० अंकमा पुगेको छ । यसैगरी बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि घटेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा एभरेष्ट कलर ल्याव लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा कालिञ्चोक हाईड्रोपावर लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने रिलायन्स स्पीनिङ मिल्स लिमिटेड पहिलो स्थानमा परेको छ ।