काठमाडौं । स्थानीय बजारमा आज सुन र चाँदीको मूल्यमा वृद्धि भएको छ। गत शुक्रबारको तुलनामा सुन प्रतितोला १ हजार ६०० रुपैयाँ र चाँदी ६० रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८७ हजार १०० रुपैयाँ कायम भएको छ। त्यसैगरी, चाँदीको मूल्य प्रतितोला ४ हजार ४१० रुपैयाँ निर्धारण गरिएको छ।
गत शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ८५ हजार ५०० रुपैयाँ र चाँदी ४ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, गत बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ९१ हजार ३०० रुपैयाँ तथा चाँदी ४ हजार ५०५ रुपैयाँ रहेको थियो।
अन्तर्राष्ट्रिय बजारमा भने आज सुन प्रति औँस ४ हजार ५२ अमेरिकी डलर र चाँदी प्रति औँस ५८ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।