आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

रास्वपा सांसद गणेश पौडेलमाथि कालोमसी प्रहार

शुक्रबार, साउन ८ २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पौडेलमाथि रौतहटमा कालोमसी प्रहार भएको छ।

बिहीबार राति रौतहटको गढीमाई नगरपालिका–४ मा जनतासँगको भेटघाट कार्यक्रम सम्पन्न गरेर फर्किने क्रममा केही युवाले पछाडिबाट सांसद पौडेलमाथि कालोमसी प्रहार गरेका हुन्।

सांसद पौडेलले घटनाको पुष्टि गर्दै राति करिब ८ बजे कार्यक्रम सकेर फर्किने क्रममा पछाडिबाट कालो पदार्थ फ्यालिएको बताए। उनका अनुसार घटनामा संलग्न व्यक्तिहरूको पहिचान भइसकेको छ।

घटनापछि आक्रमणकारीहरू उखुबारीतर्फ भागेका थिए। घटनास्थलमा मधेसी मुक्ति अभियानका कार्यकर्ताले झण्डासहित नाराबाजी गर्नुका साथै पर्चासमेत वितरण गरेका थिए।

सांसद पौडेलका अनुसार उनीहरूले “मेचीदेखि महाकालीसम्मको भूभाग मधेसको हो” भन्ने नारासहित विरोध प्रदर्शन गरेका थिए।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।