काठमाडौं । स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ। अघिल्लो कारोबार दिनको तुलनामा सुनको मूल्य प्रतितोला रु ५ हजार ८०० र चाँदीको मूल्य रु १५५ ले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु २ लाख ८५ हजार ५०० मा कारोबार भइरहेको छ। त्यस्तै चाँदीको मूल्य प्रतितोला रु ४ हजार ३५० कायम गरिएको छ।
बिहीबार छापावाल सुन प्रतितोला रु २ लाख ९१ हजार ३०० र चाँदी रु ४ हजार ५०५ मा कारोबार भएको थियो। त्यसको अघिल्लो दिन बुधबार सुनको मूल्य रु २ लाख ९१ हजार तथा चाँदीको मूल्य रु ४ हजार ४८० निर्धारण गरिएको थियो। मंगलबार भने सुन प्रतितोला रु २ लाख ८५ हजार ६०० र चाँदी रु ४ हजार ३७० मा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा पनि सुन र चाँदीको मूल्यमा उतारचढाव देखिएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज सुन प्रतिऔँस ४ हजार ४५ अमेरिकी डलर र चाँदी प्रतिऔँस ५७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।