काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य उल्लेख्य रूपमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबारको तुलनामा सुन प्रतितोला ५ हजार ४०० रुपैयाँ र चाँदी प्रतितोला ११० रुपैयाँले बढेको हो।
महासङ्घले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९१ हजार रुपैयाँ निर्धारण गरेको छ। यस्तै, चाँदीको मूल्य प्रतितोला ४ हजार ४८० रुपैयाँ कायम गरिएको छ।
यसअघि मंगलबार छापावाल सुन प्रतितोला २ लाख ८५ हजार ६ सय रुपैयाँ र चाँदी प्रतितोला ४ हजार ३७० रुपैयाँ मा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा पनि बहुमूल्य धातुको मूल्य उच्च रहेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज सुन प्रतिऔँस ४ हजार १३९ अमेरिकी डलर र चाँदी प्रतिऔँस ५९ अमेरिकी डलर मा कारोबार भइरहेको छ।
अन्तर्राष्ट्रिय बजारमा आएको मूल्यवृद्धिको प्रभाव नेपाली बजारमा पनि देखिएको व्यवसायीहरू बताउँछन्।