नेप्से बढेको छ । अघिल्लो दिन ३० दशमलव ६० अंकले घटेको नेप्से साताको दोस्रो कारोबार दिन आज मंगलबार छ दशमलव ११ अंकले बढेर २५ सय ७६ दशमलव २९ अंकमासेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ७९ अंकले बढेर चार सय ५१ दशमलव ३४ अंकमा पुगेको छ । नेप्सेमा आज तीन सय ८३ वटा कम्पनीहरुको ५३ हजार आठ सय ५४ पटकको कारोबारमा एक करोड ८२ लाख ९३ हजार पाँच सय ९६ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम आठ अर्ब ४१ करोड ७५ लाख ७० हजार चार सय २५ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा उत्पादनमुलक समुहको सुचक १८ दशमलव ३४ अंकले घटेपनि बाँकी समुहहरुको सुचक भने बढेका छन् । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक एक दशमलव ३२ अंकले बढेर १४ सय छ दशमलव ८४ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि नौं दशमलव ५३ अंकले बढेर तीन हजार पाँच सय ३२ दशमलव ४८ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि ४४ दशमलव ३२ अंकले बढेर ११ हजार आठ सय ३९ दशमलव ७७ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि २२ दशमलव शुन्य दुई अंकले बढेर १० हजार पाँच सय ८४ दशमलव ४९ अंकमा पुगेको छ । यसैगरी बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि बढेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा कामना सेवा बिकास बैंकको ऋणपत्र २०८७ परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा नेपाल एसबिआई बैंकको ऋणपत्र २०९० परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने कुमारी बैंकको ऋणपत्र २०९० पहिलो स्थानमा परेको छ ।