मंगलबार, साउन १२ २०८३

मंगलबार, साउन १२ २०८३

अमेरिका पठाइदिने भन्दै तीन लाख ठगी गर्ने आरोपमा एक पक्राउ

शुक्रबार, असार २६ २०८३

काठमाडौं । वैदेशिक रोजगारीका नाममा अमेरिका पठाइदिने प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कपिलवस्तुको वाणगङ्गा नगरपालिका–८ बस्ने तथा पाल्पाको रैनादेवी छहरा गाउँपालिका–१ घर भएका ३५ वर्षीय माधव अर्याल रहेका छन्।

प्रहरीका अनुसार अर्यालले अमेरिका पठाइदिने आश्वासन दिँदै एक व्यक्तिबाट तीन लाख रुपैयाँ लिएको र त्यसपछि सम्पर्कविहीन भएको भन्ने उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको थियो।

उजुरीपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले उनलाई काठमाडौं महानगरपालिका–१३ बाट पक्राउ गरेको हो।

प्रहरीले पक्राउ परेका अर्याललाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाएको जनाएको छ।