मंगलबार, साउन १२ २०८३

मंगलबार, साउन १२ २०८३

नेप्सेमा सुधार, २४ अंकले बढ्दा चार अर्ब ४० करोडको शेयर किनबेच

मंगलबार, असार २३ २०८३

नेप्सेमा सुधार देखिएको छ । अघिल्लो दिन २६ दशमलव २९ अंकले घटेको नेप्से साताको दोस्र्र्रो कारोबार दिन मंगलबार २४ दशमलव ५७ अंकले बढेर २६ सय ५१ दशमलव ६८ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ३३ अंकले बढेर चार सय ६० दशमलव ६१ अंकमा पुगेको छ । नेप्सेमा आज तीन सय ५२ वटा कम्पनीहरुको ७२ हजार २२ पटकको कारोबारमा ९५ लाख १९ हजार चार सय ५२ कित्ता शेयर किनबेच भएका छन् भने कारोबार रकम चार अर्ब ४० करोड सात लाख ५२ हजार पाँच सय ४२ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा सबै समुहहरुको सुचकहरु बढेर नेप्से पुरै हरियो भएको छ । सो मध्ये बाँणिज्य बैक समुहको सुचक २१ दशमलव ५९ अंकले बढेर १४ सय ४२ दशमलव शुन्य पाँच अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि ३६ दशमलव २७ अंकले बढेर तीन हजार छ सय ९२ दशमलव ५८ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि ८३ दशमलव शुन्य दुई अंकले बढेर १२ हजार एक सय सात दशमलव ६२ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि ७७ दशमलव ७५ अंकले बढेर १० हजार आठ सय १८ दशमलव ५२ अंकमा पुगेको छ । यसैगरी बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि बढेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा कालंगा हाईड्रोपावर कम्पनी लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा कुमारी बैंकको ऋणपत्र परेको छ ।