सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

रास्वपा महामन्त्रीमा विपिन आचार्यलाई चार उम्मेदवारको समर्थन

शुक्रबार, असार १२ २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत महामन्त्री पदका चार उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिँदै विपिन आचार्यलाई समर्थन गरेका छन्।

निवर्तमान महामन्त्री कवीन्द्र बुर्लाकोटी, गणेश पराजुली, प्रमोद न्यौपाने र जगदीश खरेलले उम्मेदवारी फिर्ता लिएर आचार्यको पक्षमा समर्थन जनाएका हुन्।

नेता गणेश पराजुलीले महाधिवेशन प्रतिनिधिलाई छनोट प्रक्रियामा सहजता होस् भन्ने उद्देश्यले चार जनाले संयुक्त रूपमा आचार्यलाई समर्थन गर्ने निर्णय गरेको बताउनुभयो।

रास्वपाको प्रथम महाधिवेशन छ दिनदेखि जारी छ। महाधिवेशनअन्तर्गत शुक्रबार राति केन्द्रीय सदस्यहरूको निर्वाचन सम्पन्न भएको थियो भने दोस्रो चरणमा आज पदाधिकारी चयनको प्रक्रिया अघि बढाइएको छ।

पदाधिकारीतर्फ महिला उपसभापति एक, महामन्त्री एक तथा सहमहामन्त्री तीन पदका लागि निर्वाचन हुँदैछ। सहमहामन्त्रीमध्ये एक पद महिला प्रतिनिधिका लागि छुट्याइएको छ।