मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

आगामी आर्थिक वर्षको बजेट प्रतिनिधिसभाबाट पारित

बिहिबार, असार ४ २०८३

प्रतिनिधिसभाको बैठकबाट आगामी आर्थिक वर्षको बजेट बहुमतले पारित भएको छ ।
अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले जवाफ दिनुभएपछि सभामुख डोलप्रसाद अर्यालले विनियोजन विधेयक २०८३ निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो ।

४ असार, काठमाडौं । आगामी आर्थिक वर्षको बजेट प्रतिनिधिसभाबाट पारित भएको छ ।

बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ सकिएसँगै अर्थमन्त्री डा स्वर्णिम वाग्लेले विनियोजन विधेयक २०८३ सभामा प्रस्तुत गरेका थिए ।

उक्त प्रस्ताव सभामुख डोलप्रसाद अर्यालले निर्णयार्थ प्रस्तुत गरे ।

र, सभाबाट बहुमतले उक्त विधेयक पारित भएको घोषणा गरे ।