बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

खुकुरी देखाएर युवतीलाई यातना दिएको भिडियो सार्वजनिकपछि अनुसन्धान

बुधबार, असार ३ २०८३

दाङ  । खुकुरी देखाएर युवतीलाई यातना दिएको भिडियो सार्वजनिक भएपछि दाङको तुलसीपुरमा एक युवक पक्राउ परेका छन्। पक्राउ परेका युवक घरबाटै लागुऔषधसहित फेला परेका प्रहरीले जनाएको छ।

मङ्गलबार सामाजिक सञ्जालमा तीन महिनाअघि खिचिएको भिडियो सार्वजनिक भएपछि इलाका प्रहरी कार्यालय तुलसीपुरले खोजी गरी तुलसीपुर उपमहानगरपालिका–२ भमके निवासी २४ वर्षीय रमेश ठाडामगरलाई पक्राउ गरेको हो।

प्रहरी नायब उपरीक्षक होमबहादुर पराजुलीका अनुसार पक्राउका क्रममा उनको घरबाट प्रेगामयाक्स एक ट्याब्लेट, ट्रोहमो ४२ ट्याब्लेट, एन्टिकोप दुई ट्याब्लेट र निट्राजोहम पाँच ट्याब्लेट बरामद गरिएको छ।

प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूबीचको आन्तरिक विवादका कारण ती युवकले खुकुरी देखाएर युवतीलाई धम्की तथा यातना दिएको खुलेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उनीहरूबीच पहिले सामान्य चिनजान रहेको थियो। घटना तीन महिना अघि भएको भए पनि भिडियो मङ्गलबार मात्रै सार्वजनिक भएपछि अनुसन्धान अघि बढाइएको हो।

पक्राउ परेका युवकविरुद्ध लागुऔषध दुव्र्यसन तथा अन्य सम्बन्धित कानुनी धारामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।