बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

बैंकिङ कसुर आरोपमा सेफ सन्तोष साह पक्राउ

शनिबार, जेष्ठ ३० २०८३

काठमाडौं । चर्चित सेफ सन्तोष साह पक्राउ परेका छन्। उनलाई शुक्रबार राति जनकपुरबाट पक्राउ गरिएको हो।

उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले साह पक्राउ परेको पुष्टि गरेको छ। कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काका अनुसार साहलाई बैंकिङ कसुर सम्बन्धी मुद्दामा पक्राउ गरिएको हो।

प्रहरीका अनुसार गैरीधारास्थित एक रेष्टुरेन्ट खरिदका क्रममा बैंकिङ कसुर भएको आरोपमा उनीमाथि अनुसन्धान भइरहेको छ। साहले उक्त रेष्टुरेन्ट करिब एक करोड ३० लाख रुपैयाँमा खरिद गरेको भए पनि सम्झौताअनुसारको केही रकम भुक्तानी नगरेको आरोप लगाइएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।