बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

तीन करोड बराबरको सुनचाँदीसहित व्यापारी पक्राउ

मंगलबार, जेष्ठ १९ २०८३

सुर्खेत । सुर्खेत प्रहरीले करिब तीन करोड रुपैयाँ बराबरको सुनचाँदीका गरगहनासहित एक व्यापारीलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार वीरेन्द्रनगर नगरपालिका–६ राजाचोकस्थित ‘शिव इम्पोरियम’ सञ्चालन गर्दै आएका श्यामसुन्दर अग्रवाललाई जेठ १८ गते नियन्त्रणमा लिइएको हो।

प्रहरीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहराले अग्रवालको पसलबाट विभिन्न किसिमका सुनचाँदीका गरगहना, नगद नेपाली तथा भारतीय मुद्रा र अन्य सामग्री बरामद गरिएको जानकारी दिए।

प्रहरीका अनुसार अग्रवालको साथबाट नेपाली रुपैयाँ दुई लाख १९ हजार ५००, भारतीय रुपैयाँ आठ लाख ११ हजार ९००, नगद गन्न प्रयोग हुने एक थान मेसिन तथा सुनचाँदीका गरगहना राखिएका १८५ वटा बट्टा र डिब्बा बरामद गरिएको छ। बरामद गरिएका सुनचाँदीका गरगहनाको अनुमानित मूल्य करिब तीन करोड रुपैयाँ रहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका अग्रवालमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।