बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिबारे रणनीति बनाउन विपक्षी दलहरूको बैठक

सोमबार, जेष्ठ १८ २०८३

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सीमा विवादका विषयमा दिएको विवादास्पद अभिव्यक्तिबारे साझा धारणा बनाउन विपक्षी दलहरूको बैठक बसिरहेको छ।

बैठक सिंहदरबार स्थित नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा सुरु भएको हो। बैठकमा प्रतिपक्षमा रहेका विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू सहभागी छन्।

नेपाली कांग्रेसका सचेतक निश्कल राईका अनुसार प्रधानमन्त्रीको संसदमा व्यक्त गरिएको भनाइपछि उत्पन्न राजनीतिक परिस्थितिबारे छलफल गर्न विपक्षी दलहरू एकै ठाउँमा जुटेका हुन्।

बैठकमा प्रधानमन्त्रीको अभिव्यक्तिप्रति अपनाउनुपर्ने साझा रणनीति, संसदमा खेल्नुपर्ने भूमिका तथा आगामी कदमबारे छलफल भइरहेको बताइएको छ।

प्रधानमन्त्री शाहले प्रतिनिधिसभामा सीमा सम्बन्धी विषयमा दिएको अभिव्यक्तिपछि राजनीतिक वृत्तमा तीव्र प्रतिक्रिया देखिएको छ। सत्तापक्ष र प्रतिपक्षका नेताहरूले सार्वजनिक रूपमा धारणा राखिरहेका बेला विपक्षी दलहरूले संयुक्त दृष्टिकोण तय गर्न बैठक बोलाएका हुन्।