सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

कार्यसूचीमै प्रवेश नगरी राष्ट्रिय सभाको बैठक स्थगित

आइतबार, जेष्ठ १७ २०८३

काठमाडौँ । राष्ट्रिय सभाको आइतबारको बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको छ।

बैठक बिहान सवा ११ बजेका लागि तय भए पनि एक घण्टा ढिलो सुरु भएको थियो। प्रारम्भमा शून्य समय सञ्चालन भएपछि केही सांसदहरूले आफ्ना धारणा राखेका थिए।

त्यसपछि सभाध्यक्ष नारायण दाहाल ले विशेष समय नराखिएको जानकारी दिँदै २० मिनेटका लागि बैठक स्थगित गरेका हुन्।

आजको कार्यसूचीमा प्रतिनिधि सभाबाट सन्देशसहित आएका ‘प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ माथिको दफावार छलफल र पारित गर्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम थियो। त्यस्तै ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ पनि आजै पारित गर्ने कार्यसूचीमा रहेको थियो।

तर दुवै विधेयकमा परेका संशोधनबारे सरकारसँग छलफल चलिरहेको भन्दै बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित गरिएको हो।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम ले राष्ट्रिय सभामा रहेका दलका प्रतिनिधिसँग विधेयकका संशोधनबारे संवाद गरिरहेकी छन्।

ती दुई विधेयकमा तीन–तीन वटा संशोधन परेको बताइएको छ।