बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

समावेशी र समुन्नत राष्ट्र निर्माणमा लागौँ : सभापति थापा

शुक्रबार, जेष्ठ १५ २०८३

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत सुदृढीकरणबाट मात्रै मुलुकलाई समावेशी, समुन्नत, सुखी र समृद्ध राष्ट्रका रूपमा रूपान्तरण गर्न सकिने बताएका छन् ।

गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले लोकतान्त्रिक मूल्य, मान्यता, संस्कार र संस्कृतिमा आधारित न्यायपूर्ण तथा समतामूलक समाज निर्माण गर्ने साझा यात्रामा यस दिवसले सम्पूर्ण नेपालीमा नयाँ उत्साह र प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरे ।

सभापति थापाले नेपाली जनताको त्याग, सङ्घर्ष र बलिदानको परिणामस्वरूप २०६२/६३ को जनआन्दोलनपछि संविधानसभाको निर्वाचन सम्पन्न भई २०६५ जेठ १५ गते संविधानसभाको पहिलो बैठकबाट नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरिएको ऐतिहासिक घटनाको स्मरण गरे ।

यसैगरी, नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले गणतन्त्र नेपाली जनताको सार्वभौम अधिकारको प्रतीक भएको उल्लेख गर्दै यसको कुनै विकल्प नभएको बताए ।

उनले लोकतान्त्रिक प्रणालीभित्रै रहेर सुधार, सुशासन, आर्थिक समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्दै जनविश्वासलाई अझ बलियो बनाउनुपर्नेमा जोड दएि ।