काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति ले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको जनाएको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ७० रुपैयाँ, गोलभेँडा ठूलो (भारतीय) ८० रुपैयाँ, गोलभेँडा सानो (लोकल) ३५ रुपैयाँ तथा गोलभेँडा सानो (टनेल) ६२ रुपैयाँ कायम गरिएको छ । त्यस्तै आलु रातो (लाम्चो) ३५ रुपैयाँ, आलु रातो (गोलो) २८ रुपैयाँ र प्याज सुकेको (भारतीय) ३६ रुपैयाँ तोकिएको छ ।
समितिले गाजर (लोकल) प्रतिकिलो ६० रुपैयाँ, बन्दा र काउली ४०/४० रुपैयाँ, सेतो मूला २५ रुपैयाँ, भन्टा लाम्चो ४० रुपैयाँ तथा भन्टा डल्लो ५० रुपैयाँ निर्धारण गरेको जनाएको छ ।
त्यसैगरी बोडी (तने) ५० रुपैयाँ, मकै बोडी ८० रुपैयाँ, मटरकोसा ७० रुपैयाँ, घिउ सिमी (लोकल) ७० रुपैयाँ, घिउ सिमी (हाइब्रिड) ६० रुपैयाँ र घिउ सिमी (राजमा) १०० रुपैयाँ कायम गरिएको छ । भटमास कोसा १३० रुपैयाँ, तीते करेला ५० रुपैयाँ, लौका ५० रुपैयाँ, चिचिन्डो ४० रुपैयाँ, घिरौँला ५० रुपैयाँ, झिगुनी ७० रुपैयाँ र फर्सी पाकेको ६० रुपैयाँ तोकिएको समितिले जनाएको छ ।
हरियो तरकारीतर्फ रायोसाग ८० रुपैयाँ, पालुङ्गो र चम्सुरको साग १२०/१२० रुपैयाँ, हरियो प्याज १२० रुपैयाँ तथा च्याउ (कन्य) २५० रुपैयाँ निर्धारण गरिएको छ । च्याउ (डल्ले) ४५० रुपैयाँ, राजा च्याउ ३२० रुपैयाँ र सिताके च्याउ प्रतिकिलो १ हजार रुपैयाँ कायम भएको छ ।
कुरिलो ३५० रुपैयाँ, ब्रोकाउली ७० रुपैयाँ, सेलरी १०० रुपैयाँ, पार्सले ३०० रुपैयाँ, पुदिना १०० रुपैयाँ, तामा १५० रुपैयाँ, तोफु १६० रुपैयाँ र गुन्द्रुक ३०० रुपैयाँ तोकिएको समितिले जनाएको छ ।
फलफूलतर्फ स्याउ (फुजी) प्रतिकिलो ३२५ रुपैयाँ, नेपाली केरा प्रतिदर्जन २०० रुपैयाँ, मालभोग केरा २२० रुपैयाँ, कागती २६० रुपैयाँ, अनार ४४० रुपैयाँ र आँप (दसहरी) २८० रुपैयाँ निर्धारण गरिएको छ । अङ्गुर (हरियो) २८० रुपैयाँ, तरबुजा ३५ रुपैयाँ, भुइँकटहर प्रतिगोटा २३० रुपैयाँ तथा मेवा (नेपाली) ९० रुपैयाँ कायम गरिएको छ ।
त्यस्तै अदुवा प्रतिकिलो १६० रुपैयाँ, सुकेको खुर्सानी ४३० रुपैयाँ, हरियो खुर्सानी (लाम्चो) १०० रुपैयाँ, हरियो धनियाँ ९० रुपैयाँ, लसुन सुकेको (चाइनिज) १९० रुपैयाँ तथा लसुन सुकेको (नेपाली) १२० रुपैयाँ निर्धारण गरिएको छ ।
माछातर्फ ताजा रहु माछा प्रतिकिलो ३४० रुपैयाँ, बचुवा माछा ३१० रुपैयाँ र छडी माछा २६० रुपैयाँ कायम गरिएको समितिले जनाएको छ ।