काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज पनि बस्ने भएको छ । बैठक बिहान ११:३० बजे अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बस्ने तय गरिएको छ ।
बैठकमा शुक्रबार र शनिबार पदाधिकारीहरूले उठाएका प्रश्न तथा धारणा सम्बन्धमा अध्यक्ष ओलीले आज जवाफ दिने कार्यसूची रहेको छ ।
अघिल्ला दुई दिनको बैठकमा महासचिव, उपमहासचिव तथा सचिवहरूले पार्टीको वर्तमान अवस्था, नेतृत्व र संगठनात्मक विषयमा आफ्ना धारणा राखेका थिए । ती विषयमा अध्यक्ष ओलीले आफ्नो धारणा प्रस्तुत गर्ने बताइएको छ ।