बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

झापा कारागारमा सजाय भुक्तान गरिरहेका कैदीबन्दीको मृत्यु

शनिबार, जेष्ठ ९ २०८३

झापा । जिल्ला प्रहरी कार्यालय झापा ले जिल्ला कारागार झापामा कैद सजाय भुक्तान गरिरहेका एक कैदीबन्दीको उपचारका क्रममा मृत्यु भएको जनाएको छ ।

पाँचथरको साविक नागी गाविस–९ का ६४ वर्षीय चन्द्रकुमार घिमिरेको आज बिहान बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

जबर्जस्ती करणी मुद्दामा १० वर्ष कैद सजाय भुक्तान गरिरहेका घिमिरेलाई जेठ ७ गते साँझ श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि मेची प्रादेशिक अस्पताल लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि सोही रात ओमसाई पाथीभरा अस्पताल मा भर्ना गरिएको प्रहरीले जनाएको छ ।

अस्पतालको सघन उपचार कक्ष (आइसियु) मा उपचाररत अवस्थामा स्वास्थ्य अवस्था थप जटिल बनेपछि उनलाई बिर्तामोडस्थित बीएन्डसी अस्पताल रिफर गरिएको थियो । उपचारकै क्रममा आज बिहान ३ः४५ बजे उनको मृत्यु भएको खगेन्द्रबहादुर खड्काले जानकारी दिएका छन् ।

जिल्ला अदालत झापा को फैसलाअनुसार घिमिरेले आठ वर्ष आठ महिना एक दिन कैद सजाय भुक्तान गरिसकेका थिए । मृतकको शव हाल बीएन्डसी अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।