मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

जेठ १४ सार्वजनिक बिदा

शुक्रबार, जेष्ठ ८ २०८३

काठमाडाैं ।  सरकारले इस्लाम धर्मावलम्बीहरूको पर्व बकर इद (इद-उल-अज्हा) का अवसरमा यही जेठ १४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार मुस्लिम आयोगबाट प्राप्त जानकारीअनुसार उक्त पर्व जेठ १४ गते बिहीबार परेको हुँदा सो दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको हो ।

सरकारले विसं २०८२ माघ १८ गते नेपाल राजपत्रमा प्रकाशित सूचनामार्फत बकर इद पर्ने दिन सार्वजनिक बिदा दिने व्यवस्था गरेको थियो ।

यस अवसरमा सरकारले स्वदेश तथा विदेशमा रहेका इस्लाम धर्मावलम्बीहरू तथा सम्पूर्ण नेपाली दिदीबहिनी एवं दाजुभाइमा शुभकामना व्यक्त गरेको छ ।