मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

नेताको कार्यविभाजन टुङ्ग्याउन आज एमाले सचिवालय बैठक

शुक्रबार, जेष्ठ ८ २०८३

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालय बैठक आज बस्दैछ । पार्टी नेताहरूको कार्यविभाजनलाई अन्तिम रूप दिनेलगायत विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।

एमाले केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारी का अनुसार बैठक बिहान ११ः३० बजे अध्यक्ष केपी शर्मा ओली को भक्तपुरस्थित गुण्डु निवासमा बस्नेछ ।

यही जेठ ५ गतेको सचिवालय बैठकमा अध्यक्ष ओलीले प्रस्तुत गरेको नेताहरूको कार्यविभाजन प्रस्तावमाथि आज विस्तृत छलफल गरी अन्तिम निर्णय लिइने तयारी गरिएको छ । आवश्यक परे जिम्मेवारीमा हेरफेरसमेत गर्न सकिने बताइएको छ । निर्णय भएपछि अन्तरपार्टी निर्देशन (अपानि) मार्फत सम्बन्धित नेताहरूलाई जानकारी गराइनेछ ।

गत मङ्सिर २७ देखि २९ गतेसम्म सम्पन्न एमालेको ११औँ महाधिवेशनपछि नेताहरूलाई अस्थायी जिम्मेवारी तोकिएको थियो । अब त्यसलाई स्थायी रूप दिने तयारी भएको हो ।

प्रस्तावित कार्यविभाजनअनुसार सचिव भानुभक्त ढकाल लाई सङ्गठन विभाग, केन्द्रीय सदस्य शेरबहादुर तामाङ लाई स्कुल विभाग, विशाल भट्टराई लाई जनसङ्गठन विभाग तथा डा सूर्य पाठक लाई प्रचार तथा प्रकाशन विभागको जिम्मेवारी दिने प्रस्ताव गरिएको छ