काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’को राजीनामा माग गरेका छन् ।
बिहीबार बसेको प्रतिनिधिसभा बैठक सुरु हुनेबित्तिकै विरोध जनाउँदै उभिएका राईले आफूहरूले उठाएका विषयमा सरकारले जवाफ नदिएको भन्दै प्रधानमन्त्रीले नैतिक जिम्मेवारी लिएर पदबाट हट्नुपर्ने बताएका हुन् ।
राईले गत वैशाख २८ गतेदेखि भारतले मिचेको नेपाली भूमि, रिक्त रहेको गृहमन्त्रालय तथा सुकुम्बासी व्यवस्थापनको विषयमा सरकारसँग जवाफ माग्दै आएको तर हालसम्म कुनै सम्बोधन नभएको आरोप लगाए ।
उनले संसदप्रति प्रधानमन्त्री जिम्मेवार नभएको भन्दै निरन्तर प्रश्न उठाउँदै आएका छन् । यसअघि पनि नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा प्रधानमन्त्री सदनमा उपस्थित नभएको भन्दै राईले लिखित रूपमा प्रधानमन्त्रीको राजीनामा माग गरेका थिए ।