मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

पूर्वन्यायाधीश प्रधानको निधनमा आज सर्वोच्च अदालत बन्द

बिहिबार, जेष्ठ ७ २०८३

काठमाडौँ । सर्वोच्च अदालतका पूर्वन्यायाधीश हरगोविन्द सिंह प्रधानको निधनप्रति शोक व्यक्त गर्दै आज सर्वोच्च अदालतमा शोक बिदा दिइएको छ । बिदाका कारण आज इजलास सञ्चालन नहुने जनाइएको छ ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले पूर्वन्यायाधीश प्रधानको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै अदालतमा शोक बिदा दिइएको जानकारी दिए । उनका अनुसार आज कुनै पनि इजलास सञ्चालन हुनेछैन ।

पूर्वन्यायाधीश प्रधानको ९७ वर्षको उमेरमा जेठ ६ गते निधन भएको थियो ।