काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधिसभा बैठकमा आज पनि प्रधानमन्त्री बालेन शाहको अनुपस्थितिबारे प्रश्न उठाएका छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रतिनिधिसभा नियमावलीको नियम १५ को उपनियम २ अनुसार सांसदहरूले उठाएका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिनुपर्ने व्यवस्था रहेको उल्लेख गरे ।
साम्पाङले सभामुखतर्फ संकेत गर्दै “प्रधानमन्त्री यो संसद्को सदस्य हो कि होइन ?” भन्दै प्रश्न गरेका थिए । उनले प्रधानमन्त्रीले आफ्नो जिम्मेवारी र कर्तव्य पूरा गर्न नसक्ने अवस्था भए मार्ग प्रशस्त गर्नुपर्ने मागसमेत दोहोर्याए । ‘लोकतन्त्रको गरिमा जोगाउने उहाँको कर्तव्य होकी होइन, उनले भने, ‘उहाँ संसदप्रति जवाफदेखि नहुने हो भने उहाँले मार्ग प्रशस्त गर्नुपर्छ ।’
उनले संसद्मा सरकार प्रमुखको जवाफदेहिता सुनिश्चित हुनुपर्नेमा जोड दिएका थिए ।