काठमाडौं । प्रतिनिधिसभा बैठकमा प्ले कार्डसहित विरोध जनाएका हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका सांसदहरुलाई सभामुख डीपी अर्याल ले ‘अभद्र व्यवहार’ नगर्न चेतावनी दिएका छन्।
बैठक सुरु हुनासाथ श्रम संस्कृति पार्टीका सांसदहरू उठेर नाराबाजी गर्दै विरोधमा उत्रिएपछि सभामुख अर्यालले प्रतिनिधिसभाको मर्यादा कायम राख्न सबै सांसद जिम्मेवार हुनुपर्ने बताएका हुन्।
सभामुखले संसद् लोकतान्त्रिक अभ्यासको थलो भएकाले आचरण र व्यवहार मर्यादित हुनुपर्ने उल्लेख गर्दै विरोधका नाममा अभद्र गतिविधि नगर्न सचेत गराए। उनले हर्क साम्पाङसहित विरोधमा उत्रिएका सांसदहरूलाई आफ्नो व्यवहार सच्याउन निर्देशनसमेत दिए।
श्रम संस्कृति पार्टीले भने सरकार र प्रधानमन्त्री बालेन्द्र साह संसदप्रति उत्तरदायी नभएको आरोप लगाउँदै पर्चा र प्ले कार्डसहित बैठक अवरुद्ध गर्दै आएको छ।