बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

श्रम संस्कृति पार्टीका सांसदद्वारा आज पनि सदनमा विरोध

बुधबार, जेष्ठ ६ २०८३

काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका सांसदहरुले आज पनि प्रतिनिधि सभाको बैठकमा विरोध जनाएका छन्।

प्रतिनिधि सभाको बैठक सुरु हुनासाथ अध्यक्ष साम्पाङसहित पार्टीका सबै सांसद आ–आफ्नो स्थानबाट उठेर विरोधमा उत्रिएका हुन्। उनीहरुले केही समय नाराबाजीसहित बैठकप्रति असन्तुष्टि जनाएका थिए। सरकार र प्रधानमन्त्री बालेन्द्र साह संसदप्रति उत्तरदायी नभएको भन्दै सो पार्टीले पर्चासहित संसद बैठकमा अवरोध पु¥याउँदै आएकाे छ ।

सांसदहरुको विरोधपछि सभामुखले बैठकलाई निर्धारित कार्यसूचीअनुसार अघि बढाउने प्रयास गरे। श्रम संस्कृति पार्टीले भने आफ्ना माग सम्बोधन नभएसम्म विरोधका कार्यक्रमलाई निरन्तरता दिने संकेत गरेको छ।

विरोधको कारणबारे पार्टीले औपचारिक धारणा सार्वजनिक गर्न बाँकी रहेको जनाइएको छ।