काठमाडौं । सशस्त्र प्रहरी बल नेपालमा रिक्त रहेको अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाका लागि डीआईजी अञ्जनीकुमार पोखरेल सिफारिस भएका छन्।
गृह मन्त्रालयअन्तर्गतको बढुवा समितिको सचिवालयले मंगलबार पोखरेलको नाम एआईजी पदमा बढुवाका लागि सिफारिस गरेको हो। उक्त सिफारिस मन्त्रिपरिषद्बाट अनुमोदन भएपछि बढुवा प्रक्रिया टुंगिनेछ।
त्यस्तै, मन्त्रालयले एसएसपी पदमा छविलाल पाण्डेलाई बढुवाका लागि सिफारिस गरेको छ। एसएसपी बढुवाको अनुमोदन भने मन्त्रालयबाटै हुने कानुनी व्यवस्था छ।
यसैबीच, सशस्त्र प्रहरीले डीएसपी दर्जामा बढुवाका लागि १५ जनालाई सिफारिस गरेको छ। सिफारिस सूचीमा विदुर ढकाल, धोजविक्रम शाही, सुशील केसी, रामराजा बस्नेत, नवराज शाही, कमल पन्थी, नगेन्द्र खत्री, केशव थापा, धर्मबहादुर थापा, भाष्कर बस्नेत, विकास न्यौपाने, जितेन्द्रबहादुर बस्नेत, डम्बरबहादुर केसी, जीवन खतिवडा र अमृत थापा रहेका छन्।
प्राविधिक सेवातर्फ इञ्जिनियर सौरभराज वन्त, ज्ञानेन्द्र राजभण्डारी र अजित मास्के लाई एसपी बढुवाका लागि सिफारिस गरिएको छ।
लेखा सेवातर्फ विजयकुमार केसी र विकास थापा डीएसपी बढुवाका लागि सिफारिस भएका छन्।
स्वास्थ्य सेवातर्फ चिकित्सक डा.स्वेता श्रेष्ठ र डा.उमस कार्की लाई एसपी बढुवाका लागि सिफारिस गरिएको छ।