काठमाडाै । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडियो) सहित आधा दर्जन सहसचिवको सरुवा गरेको छ।
धनकुटाका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्कालाई भक्तपुर पठाइएको छ भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अधिकृत नरहरि घिमिरे लाई ललितपुरको प्रमुख जिल्ला अधिकारी बनाइएको छ।
त्यस्तै, कारागार व्यवस्थापन विभागका महानिर्देशक शशिधर घिमिरे सिन्धुपाल्चोक सरुवा हुनुभएको छ। भैरहवा विमानस्थल कार्यालयमा कार्यरत निश्चलराज पाण्डे लाई दाङको सिडियो बनाइएको छ।
दाङका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल रूपन्देही सरुवा हुनुभएको छ भने रूपन्देहीका सिडियो माधवप्रसाद पोखरेल लाई कारागार व्यवस्थापन विभागमा पठाइएको छ।
यससँगै भक्तपुर, ललितपुर, सिन्धुपाल्चोक, दाङ र रूपन्देही जिल्लाले नयाँ प्रमुख जिल्ला अधिकारी पाएका छन्।
साथै, उपसचिव निशानराज गौतम लाई जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिममा पठाइएको छ भने रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी दिनेशप्रसाद थानी लाई गृह मन्त्रालयमा तानिएको छ।