बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक आज बस्दै

आइतबार, जेष्ठ ३ २०८३

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक आज बस्ने भएको छ ।

बैठक आइतबार बिहान ११ः३० बजे पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन, सानेपामा बस्ने गरी बोलाइएको कावा मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन् ।

बैठकमा सभापति गगन थापालगायत प्रतिष्ठानका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहने जनाइएको छ ।

प्रतिष्ठानको अध्यक्षता पार्टी उपसभापति विश्वप्रकाश शर्माले गरिरहेका छन् ।