काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घ का अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु चार हजारले घटेर रु दुई लाख ९८ हजार ५०० कायम भएको छ ।
त्यसैगरी चाँदीको मूल्य प्रतितोला रु ३५५ ले घट्दै रु पाँच हजार ३९० निर्धारण गरिएको महासङ्घले जनाएको छ ।
हिजो बिहीबार छापावाल सुन प्रतितोला रु तीन लाख दुई हजार ५०० र चाँदी रु पाँच हजार ७४५ मा कारोबार भएको थियो । त्यस्तै गत बुधबार सुनको मूल्य प्रतितोला रु तीन लाख दुई हजार २०० तथा चाँदी रु पाँच हजार ७१० कायम रहेको थियो ।
अन्तरराष्ट्रिय बजारमा भने आज एक औँस सुन चार हजार ६७८ अमेरिकी डलर र चाँदी ८७ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।