मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

जेठ ८ बाट ‘काजी’ आउने, ट्रेलर सार्वजनिक

बुधबार, बैशाख ३० २०८३

जेठ ८ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘काजी’को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार सार्वजनिक ट्रेलरले चलचित्रको कथाबारे प्रकाश पारेको छ ।

प्रेम कथाको चलचित्रले पारिवारिक सम्बन्धमा आउने उतारचढावलाई प्रस्तुत गर्ने संकेत ट्रेलरले गर्छ ।

ट्रेलरमा विपिन कार्की ‘काजी’ र केकी अधिकारी ‘कजिनी’ पात्रको रुपमा प्रस्तुत छन् । विवाह पश्चात एक जोडीको प्रेमलाई सुन्दर ढंगले देखाइएको छ ।

ट्रेलरमा समावेश संवादले दर्शकको ध्यान खिच्न सक्छ ।

लक्ष्मण रिजालको निर्देशन रहेको चलचित्रमा विपिन र केकीसहित गरिमा शर्मा, प्रकाश घिमिरे, हेमन्त बुढाथोकी, विशाल पहारी, विनोद न्यौपाने, रश्मी भट्ट, हिउँवाला गौतम, सन्दिपबाबु लोहनी, रोजी श्रेष्ठ, गंगा शर्मा, नवराज गिरि, बुद्धी सागर खनाल, प्रशंसा सुवेदी, कृतिका शर्मा र बाल कलाकार दिक्षिता अर्याल लगायतको अभिनय छ ।

रिजाल एण्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रका प्रस्तुतकर्ता रामप्रसाद रिजाल हुन् ।

प्रदीप भारद्धाजको लेखन रहेको चलचित्रमा चिन्तन राजभण्डारीको छायांकन, कालिप्रसाद बास्कोटाको संगीत, ओजस्वी ओझाको प्रोडक्सन डिजाइन, सागर अर्यालको साउण्ड डिजाइन, कविराज गहतरजको नृत्यनिर्देशन, बिपिन मल्लको सम्पादन र सुजिल कर्माचार्यको पार्श्व संगीत छ ।

चलचित्रका निर्माता नेहान रिजाल, विकाश राज जोशी हुन् भने कार्यकारी निर्माता असिम काफ्ले हुन् ।