शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

कांग्रेस संस्थापन इतर समूहको बागमती प्रदेशस्तरीय भेला आज

बुधबार, बैशाख ३० २०८३

काठमाडौं । नेपाली कांग्रेस भित्रको संस्थापन इतर समूहले आज (बुधबार) काठमाडौंमा बागमती प्रदेशस्तरीय भेला आयोजना गर्ने भएको छ।

निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का नेतृत्वको समूहले आयोजना गर्न लागेको उक्त भेला बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा दिउँसो १ बजेबाट सुरु हुने बताइएको छ।

यसअघि प्रकाशमान सिंह को चाक्सीबारीस्थित निवासमा २३ वैशाखमा बसेको समूहको बैठकले बागमती प्रदेशस्तरीय भेला गर्ने निर्णय गरेको थियो।

पार्टीलाई एकताबद्ध बनाउन तथा आन्तरिक समन्वय सुदृढ गर्ने उद्देश्यसहित प्रदेशस्तरीय भेला आयोजना गरिएको नेताहरूले बताएका छन्। यसअघि सो समूहले कोशी प्रदेशस्तरीय भेला विराटनगरमा सम्पन्न गरिसकेको थियो।