बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

भैरवी गाउँपालिका अध्यक्ष रिता कुमारी शाही पक्राउ

सोमबार, बैशाख २८ २०८३

दैलेख । दैलेखको भैरवी गाउँपालिका अध्यक्ष रिताकुमारी शाही पक्राउ परेकी छिन् ।

प्रहरीले उनलाई बैंकिङ कसुरको आरोपमा पक्राउ गरेको हो । उनले दिएको करिब ५ लाख रूपैयाँको चेक बाउन्स भएपछि एक स्थानीयले उनीविरूद्व उजुरी दिएका थिए ।

उनीमाथि म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।