बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

निर्माण व्यवसायी रमेश शर्मा पक्राउ

सोमबार, बैशाख २८ २०८३

काठमाडौं। प्रहरीले ‘शर्मा एण्ड कम्पनी’ का सञ्चालक एवं प्रतिष्ठित निर्माण व्यवसायी रमेश शर्मालाई पक्राउ गरेको छ।

विकास निर्माणका योजनाहरू सम्झौताअनुसार समयमै सम्पन्न नगरी अलपत्र पारेको आरोपमा उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार पक्राउ परेका शर्मालाई आवश्यक कारबाही तथा थप प्रक्रिया अघि बढाउन सहरी विकास मन्त्रालयमा बुझाइएको छ ।

पछिल्लो समय सरकारले ठेक्का लिएर काम नगर्ने निर्माण कम्पनी र तिनका सञ्चालकमाथि निगरानी तथा कारबाही तीव्र पारेको सन्दर्भमा शर्माको पक्राउलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।