बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

बैशाखमा मात्र लापरबाहीपूर्ण सवारी साधन चलाउने ३१ वटा अनुमति पत्र निलम्बन : नवराज अधिकारी

आइतबार, बैशाख २७ २०८३

काठमाडौं । प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले लापरबाहीपूर्ण सवारी साधन चलाउनले ३१ वटा सवारी चालहरूको सवारी चालक अनुमति पत्र निलम्बनका लागि सिफारिस गरिएको जनाएका छन् ।

आइतबार पत्रकार सम्मेलनमा बोल्दै वरिष्ठ उपरीक्षक अधिकारीले लापरबाहीपूर्ण सवारी साधन चलाउनले ३१ वटा सवारी चालकको सवारी अनुमति पत्र निलम्बनका लागि यातायात कार्यालयमा लेखेर पठाएको जानकारी लिए ।

‘लापरबाहीपूर्ण सवारी साधन चलाउने यही महिना मात्र ३१ वटा सवारी चालकको सवारी चालक अनुमति पत्र निलम्बनका लागि यातायात कार्यालय लेखेर पठाइएको छ । लापसो मापासे गरेर चलाउने १५÷२० पटकसम्म लापारवाही गरेर चलाउनेहरुको लाइसेन्स निलम्बनका लागि पठाइएको,’ उनले भने ।

उनले चोरीको मोटरसाईकल नियन्त्रणको लागि ट्राफिक प्रहरी सडक प्रयोगकर्ताहरूबिचको गुनासोलाई सम्बोधन गर्न ट्राफिक प्रहरीको व्यवहारमा परिवर्तन गर्नका लागि विभिन्न कार्यक्रम संचालन गरिएको पनि जानकारी दिए ।

‘चोरीको मोटरसाइकल नियन्त्रणका लागि ट्राफिक प्रहरी, सडक प्रयोगकर्ताहरूबिचको गुनासोलाई सम्बोधन गर्न, ट्राफिक प्रहरीको व्यवहारमा परिवर्तन गर्न चेन्जिङ पावर, एकीकृत वसपार्क प्रणाली, विभिन्न स्थानमा पार्किङ गरेर अस्तव्यस्त सडक बनाउने प्रक्रियालाई अन्त्य गर्दै लामो र मझौला दुरीका सवारी साधनहरू बसपार्कबाट मात्रै छुट्ने व्यवस्था व्यवहारमा ल्याइएको छ,’ उनले भने ।

उनले भदै २३/२४ गतेको आन्दोलन पश्चात खरानीको रूपमा रहेको ३७ ट्राफिक कार्यालय निर्माण गर्दै ट्राफिक प्रहरी थप शसक्त बनाउँदै कारबाही प्रक्रियालाई पनि अझ बलियो बनाउँदै अगाडि बढेको बताए ।

यस्तै, पत्रकार सम्मेलनमा बोल्दै प्रहरी उपरीक्षक नरेश राज सुवेदीले काठमाडौं उपत्यकामा बढ्दो जनसङ्ख्या र सवारी चापलाई व्यवस्थित गर्न ट्राफिक प्रहरी २४सै घण्टा परिचालन भइरहेको जानकारी दिए । काठमाडौंमा ५० लाखभन्दा बढी जनसङ्ख्या बसोबास गरिरहेकोमा दैनिक १८ लाखभन्दा बढी सवारी साधन सञ्चालन हुने तथ्याङ्क रहेको बताए ।

उनले भने, ‘५० लाख बढी जनसङ्ख्या काठमाडौंमा बसोबास गरेको र १८ लाख भन्दा बढी प्रत्येक दिनमा सवारी साधन चलाउने तथ्याङ्क देखिएको छ । काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन सहजीकरण गर्न यहाँको अग्रगमनलाई चाही सूचरु गर्नको लागि विशेष गरी २४ घण्टै डिउटी खट्ने गरेको हुन्छौ ।’

उनका अनुसार ट्राफिक व्यवस्थापनलाई सहजीकरण गर्दै नागरिकलाई प्रभावकारी सेवा प्रवाह गर्ने काम भइरहेको छ । साथै ट्राफिक ट्रायलको नियमित अनुगमन गरी गल्ती भेटिए कानुनी कारबाहीसमेत गरिने उनले बताए ।
उनले भने, ‘ट्राफिक व्यवस्थापन सहजीकरण गर्ने र नागरिकलाई सेवा प्रवाह गर्न गरेको हुनेछ । ट्राफिक ट्रायलको अनुगमन गर्ने र गल्ती भेटिए कानुनी कारबाही दायरमा ल्याउने काम पनि गरिरहेका छैँ ।’

सुवेदीले विभिन्न सरकारी निकायबाट थप सवारी साधन प्राप्त भएपछि हाल ट्राफिक प्रहरीसँग १२४ वटा सवारी साधन सञ्चालनमा रहेको जानकारी दिए।

‘अन्य विभिन्न सवारी साधन पनि हामीले प्राप्त गरेको छैँ । विभिन्न निकायबाट हामीले सरकारी स्थरबाट पनि हामीले धेरै सवारी साधन प्राप्त गरेको हुनले अहिले हामीसँग १२४ वटा सवारी साधन चालु अवस्थामा रहेको छ,’ उनले भने ।

अनलाइन प्रविधिबाट पनि सुरक्षा व्यवस्थापन ल्याएको उनले जनकारी दिए ।

हराएका ६५ ओटा मोटरसाइकल सम्बन्धित धनीलाई फिर्ता

काठमाडौं उपत्यकाका विभिन्न स्थान र मितिमा चोरी भएका ६५ ओटा मोटरसाइकल सम्बन्धित धनीले फिर्ता पाएका छन् ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आइतबार एक कार्यक्रममा खोजतलासपछि फेला परेका मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण गरेको काठमाडांै उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

उनका अनुसार ट्राफिक प्रहरीले विशेष खोज अभियान सञ्चालन गरी विभिन्न स्थानबाट सवारी साधन फेला पारेको हो । उनले सवारी साधनमा अतिरिक्त लकिङ सिस्टम प्रयोग गर्नसके चोरीका घटनामा कमी आउन सक्ने बताए ।

उनले भने,‘बैशाख महिनामा ६५ वटा हराएका मोटरसाइकल सम्बन्धित धनीलाई फिर्ता गरेका छौं । कतिपय सवारी साधन खोजेर ल्यायौं । सवारी साधनमा थप सुरक्षा प्रणाली अपनाए चोरी न्यूनीकरण गर्न सकिन्छ ।’

ट्राफिक प्रहरीले सवारी साधन हराएमा तत्काल प्रहरीमा जानकारी दिन तथा सुरक्षा सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।