काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज साँझ ६ बजे सचिवालय बैठक बोलाएको छ।
बैठक पार्टीको केन्द्रीय कार्यालय घन्टीघर, वनस्थलीमा बस्ने जनाइएको छ।
बैठकमा विभिन्न ६ वटा एजेन्डामाथि छलफल हुने तयारी गरिएको छ। पार्टीको भेला तथा अधिवेशन सम्बन्धी विशेष तालिकाबारे मुख्य रूपमा छलफल हुने बताइएको छ।
यस्तै, पार्टीका आयोग र विभागमा पदाधिकारी मनोनयनबारे पनि बैठकले निर्णय लिन सक्ने जनाएको छ।
रास्वपाले जिल्ला समिति विघटनसम्बन्धी विषयमा समेत सचिवालयबाट निर्णय गर्ने तयारी गरेको छ।
त्यसैगरी, अनुशासनात्मक कारबाही, केन्द्रीय समिति बैठक आह्वान लगायत समसामयिक विषय पनि बैठकका एजेन्डामा समेटिएका छन्।